आईपीएल : राजस्थानलाई हराउँदै शीर्ष स्थानमा फर्कियो दिल्ली

काठमाडौं । बैशाख ४, इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तगर्त जारी सिजनको पहिलो सुपर ओभर खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। गएराति भएको खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै दिल्ली शीर्ष स्थानमा फर्किएको छ।
घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङमा आएको दिल्लीले पूरै २० ओभरमा ५ विकेट गुमाएर १८८ रन जोडेको थियो । १८९ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले पूरै २० ओभर खेल्दा ४ विकेट गुमाएर १८८ रन बनाएपछि खेल सुपर ओभरमा गयो, जसमा पहिले ब्याटिङ गरेको राजस्थानले दिएको १२ रनको लक्ष्य ४ बलमा पूरा गर्दै दिल्ली जारी सिजनमा पाँचौँ जित निकालेको छ। आईपीएलमा बिहीबार मुम्बई इण्डियन्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। यी दुईबीचको खेल वाङ्खेडे स्टेडियममा राति पौने ८ बजे शुरु हुनेछ ।