आज शिक्षक आन्दोलन बिहान ९ बजेदेखि नै, कार्यालय समयमै सडक अस्तव्यस्त हुने

सहयात्रा टिभी

काठमाडौं । बैशाख ७, जारी रहेको शिक्षक आन्दोलन आज बिहान ९ बजेदेखि नै शुरु हुने भएको छ ।

DCIM100MEDIADJI_0165.JPG

राप्रपाको प्रदर्शनलाई दृष्टिगत गर्दै आज शिक्षक आन्दोलनको दैनिक तालिका अगावै प्रदर्शन हुने भएको हो । शिक्षक महासंघले आन्दोलनमा सहभागी शिक्षकहरूलाई बिहान ९ बजेभित्र हाजिर भइसक्न र १२ बजेअघि प्रदर्शन स्थल छोडिसक्न आह्वान गरेको छ ।

अन्य दिन उक्त आन्दोलनका कारण दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर मण्डला-नयाँ बानेश्वर सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । आज बिहान ९ बजेदेखि नै उक्त सडक खण्ड अवरुद्ध हुँदा कार्यालय समयको ट्राफिक व्यवस्थापन प्रभावित हुने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहानदेखि नै नयाँ बानेश्वर-माइतीघर सडकको डाइभर्सन गरिने भएको छ । उक्त रुटको विकल्पमा हनुमानस्थान-थापागाउँ खण्ड प्रयोग गरिने ट्राफिक कार्यालय स्रोतले जनायो ।

प्रकाशित : 20 April, 2025

प्रतिक्रिया दिनुहोस्