उपत्यका लगायत देशको केही भूभागमा दिनभर वर्षा हुने
सहयात्रा टिभी
काठमाडौ । माघ–१० काठमाडौं उपत्यकासहित आज मध्य र पश्चिम क्षेत्रमा वर्षा भएको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी जिल्ला र हिमाली भेगमा वर्षासँगै हिमपात पनि सुरु भएको छ ।
सुदूरपश्चिमबाट मध्य क्षेत्रतिर सरेको पश्चिमी वायुको प्रभावले दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल काठमाडौँ उपत्यकासहित मध्य तथा पश्चिम क्षेत्रमा पानी पर्नुका साथै उच्च हिमाली क्षेत्रहरुमा हिमपात भइरहेको छ।
मध्य क्षेत्रमा सक्रिय पश्चिमी वायु क्रमश पूर्वतर्फ सरिरहेकाले मौसममा बदली भएको हो। मंगलबार देशको सुदूरपश्चिमबाट पश्चिमी न्यूनचापीय वायु नेपाल प्रवेश गरेको हो।
अव क्रमशः जाडो घट्दै जानेछ र भोलिदेखि मौसम सफा रहने मौसमविदको भनार्इ छ।