नव नियुक्त शिक्षामन्त्री पन्तको शपथग्रहण आज

काठमाडौं । बैशाख ११, नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (बिहीबार) पदको शपथ खाँदै छन्। एमालेबाट सांसद पन्तलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार (वैशाख १० गते) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गरेका हुन् । अब आज उनलाई राष्ट्रपति आज अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयका एक अधिकारीले जानकारी दिए ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो। पन्त समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका सांसद हुन् । ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए । माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए ।