सरकारको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने कांग्रेस संसदीय दलको निर्णय

सहयात्रा टिभी

काठमाडौं । बैशाख २०,नेपाली कांग्रेसले संघीय संसद्मा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा र रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरेको हो ।

एक सांसदले प्रमुख सचेतक श्याम घिमिरे बैठकमा सुनाएको निर्णय उद्धृत गर्दै सरकारको नीति तथा कार्यक्रमप्रति सकारात्मक धारणा तथा रचनात्मक सुझाव राख्दै समर्थन गर्ने निर्णय गरिएको जानकारी दिए ।

कांग्रेसले नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रमहरू सम्पन्न हुने गरी आगामी आर्थिक वर्ष ०८२-०८३ को वार्षिक विकास कार्यक्रम र बजेट तयारी गर्न पनि सरकारसँग माग गरेको छ ।

यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

सांसदहरुले नीति तथा कार्यक्रम र बजेटको विषयमा केही आशंका गरेर कुरा उठाएको भए पनि मन्त्रीहरुले विभेद नगर्ने प्रतिबद्धता बैठकमा गरेको प्रमुख सचेतक घिमिरेले सुनाए ।

प्रकाशित : 3 May, 2025

प्रतिक्रिया दिनुहोस्