मतदान जारी, मतदाता उत्साहीत

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ मा उत्साहजनक रुपमा मतदान भैरहेको छ । बिहान ७ बजे सुरु भएको मतदान अहिले पनि जारी छ । प्रदेश नम्बर ६ का डोल्पा, मुगु र हुम्लामा बिहान केही तनाव भएपनि अहिले शान्तिपूर्णरुपमा मतदान भैरहेको हाम्रँ सहकर्मीले जनाएका छन । राजधानी काठमाडौं लगायत सबै मतदान केन्द्रमा मतदाताको बाक्लो उपस्थिति छ । मतदान केन्द्रबाट टाढा घर भएका बृद्ध र अशक्त मतदाताहरुलाई घरबाटै गाडीमा ओसारिएको देखिन्छ । आज ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा मतदान भैरहेको छ ।

प्रकाशित : 14 May, 2017

प्रतिक्रिया दिनुहोस्