आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने

सहयात्रा टिभी

काठमाडौं । वैशाख २५, मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् । बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् ।

आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।

 

 

 

प्रकाशित : 8 May, 2025

प्रतिक्रिया दिनुहोस्