धितोपत्र बोर्डको कार्यालयमा अख्तियार अनुसन्धान आयोगको छापा

सहयात्रा टिभी

काठमाडौं । वैशाख २५, नेपाल धितोपत्र बोर्डको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर आईपीओ निष्कासनसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको छ ।

हिजो दिउँसो अख्तियारको टोली धितोपत्र बोर्डको कार्यालय खुमलटार पुगेर आईपीओ निष्कासन पाइपलाइनमा रहेका ८९ कम्पनीका कागजपत्र नियन्त्रणमा लिएको हो ।

बोर्डका अध्यक्षलाई बिचौलियामार्फत साधारण शेयर (आईपीओ) निष्कासनको स्वीकृतिका लागि कमिसन मागेको आरोप लागेपछि अख्तियारले छापा मारेको हो ।

यसैबीच धितोपत्र बोर्डले अध्यक्षको नाम लिई कुनै पनि प्रकारको आर्थिक वा अन्य गैरकानूनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराउन चुनौती दिएको छ ।

 

 

प्रकाशित : 8 May, 2025

प्रतिक्रिया दिनुहोस्