अवरुद्ध बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आयो

काठमाडौं । वैशाख ३०, अविरल वर्षाका कारण हिजो (सोमबार) रातिदेखि अवरुद्ध भएको बीपी राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
केहीबेर अघिबाट राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी प्राप्त भएको छ । बीपी राजमार्गको माम्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाएको थियो ।
बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको उनले बताए । पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो । अहिले रोकिएका सवारीहरू विस्तारै सञ्चालनमा ल्याइएको हो ।