विश्वकै ‘गरिब राष्ट्रपति’ मुहिकाको ८९ वर्षको उमेरमा निधन

सहयात्रा टिभी

काठमाडौं । वैशाख ३१ , ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ ।

पूर्वगुरिल्लासमेत रहेका मुहिकाको ८९ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् ।

होसे मुहिकालाई ‘पेपे’ भनेर चिनिन्थ्यो । सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका मुहिकालाई उहाँको साधारण जीवनशैलीका लागि विश्वको ‘सबैभन्दा गरिब राष्ट्रपति’ भनेर पनि चिनिन्थ्यो ।

उरुग्वेका वर्तमान राष्ट्रपति यामान्डु ओर्सीले होसे मुहिकाको निधनबारे जानकारी दिँदै सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्नुभएको छ– ‘तपाईंले हामीलाई दिनुभएको सबै कुराका लागि र तपाईंका नागरिकप्रति तपाईंको गहिरो प्रेमका लागि धन्यवाद ।’

पूर्वराष्ट्रपति मुहिकाको निधन कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन, यद्यपि उहाँ अन्ननलीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

प्रकाशित : 14 May, 2025

प्रतिक्रिया दिनुहोस्