चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान दुर्घटना, १४ घाइते

सहयात्रा टिभी

काठमाडौं । जेठ ६ , मकवानपुरको उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेको वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएको छ ।

आज दिउँसो भीमफेदी गाउँपालिका -९ त्रिभुवन राजपथको छैसठ्ठी मोडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटना भएको गाडी सल्लाको रूखमा अड्किएको स्रोतले जनाएको छ  । दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको छ ।

घटनास्थलमा रहेको प्रहरी टोलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएको हो ।

प्रकाशित : 20 May, 2025

प्रतिक्रिया दिनुहोस्