देशभर बदली र वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुने

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशभर मौसममा आंशिकदेखि साधारणतया बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान अनुसार अधिकांश प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। दिउँसो हिमाली भेगमा आंशिकदेखि साधारण बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राति पनि यी क्षेत्रहरूमा बदलीको अवस्था कायम रहनेछ।

मधेश प्रदेशको तराई क्षेत्रमा दिउँसो आंशिकदेखि साधारण बदली रही एक-दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने आंशिक बदलीदेखि मुख्यतया सफा रही एक-दुई स्थानमा हल्का वर्षा हुन सक्छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा दिउँसो र राति आंशिकदेखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा पनि मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रहरुमा थोरै स्थानमा बदलीसहित वर्षा हुने देखिएको छ।

मौसमविद्हरूले जलवाष्पयुक्त हावाको प्रभावका कारण बदली, वर्षा र हिमपातको सम्भावना बढेको जनाएका छन्। यसले कृषिलाई राहत दिने भए तापनि चट्याङ्ग र मेघगर्जनबाट सतर्क रहन आग्रह गरिएको छ।

प्रकाशित : 22 May, 2025

प्रतिक्रिया दिनुहोस्