विमानस्थलको घटनामाथि विस्तृत अनुसन्धान शुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ ८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाली नागरिकहरुलाई सेटिङमा विदेश पठाउने र मानव तस्करी गरेको घटनामाथि विस्तृत अनुसन्धान शुरु गरेको छ ।

दर्ता भएका उजुरीका आधारमा निगरानी र थप केही सूचना संकलन गरेपछि सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको भन्दै अख्तियारले अनुसन्धान अधिकृत तोकेर बुधबारदेखि नै विस्तृत अनुसन्धान अघि बढाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बुधबार नियन्त्रणमा लिइएका सहसचिव तीर्थराज भट्टराईलाई केही सोधपुछपछि छाडिएको र बिहीबारदेखि फेरि सोधपुछ शुरु भएको बताए ।

उनका अनुसार, उपकरण लगायतका केही प्रमाणहरू संकलन भइसकेकाले थुनामा राख्नुपर्ने आवश्यकता नभएको हो । उनले भने, ‘रंगेहात घुसको घटना अनि प्रमाण नष्ट गर्नसक्ने अवस्थामा बाहेक कुनै पनि व्यक्तिलाई पक्राउ नगर्ने आयोगको रणनीति नै छ ।’

 

प्रकाशित : 22 May, 2025

प्रतिक्रिया दिनुहोस्