जाइका अध्यक्ष तानाका र परराष्ट्रमन्त्री राणा बीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । जेठ ९, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोबीच भेटवार्ता भएको छ ।

जापानको राजधानी टोकियोस्थित जाइकाको मुख्यालयमा शुक्रबार भएको भेटमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री राणाले नेपालको आर्थिक, सामाजिक लगायत विविध क्षेत्रमा जाइकामार्फत जापान सरकारले विगत लामो समयदेखि सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरिन् ।

भेटमा मन्त्री राणाले नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली–बर्दिबास सडकको पुनर्निर्माण एवं मर्मतसम्भारलगायतका परियोजनामा पनि चर्चा गरेकी थिइन् ।

 

 

प्रकाशित : 23 May, 2025

प्रतिक्रिया दिनुहोस्