नेसपासँगको एकतालाई अन्तिम रूप दिन माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा सुरु भएको छ। अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बैठक प्रारम्भ भएको पुष्टि गरेका हुन्।

फाइल तस्बिर

आजै हुन लागेको गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको पार्टी एकतालाई औपचारिक निर्णय प्रदान गर्ने, पार्टीले सञ्चालन गरेका अभियानहरूको समीक्षा गर्ने र वर्तमान राजनीतिक परिस्थितिबारे विमर्श गर्ने बैठकको मुख्य कार्यसूची रहेको जनाइएको छ।

उल्लेखनीय छ कि माओवादी केन्द्र र नेसपा (श्रेष्ठ समूह) बीच आजै पार्टी एकताको घोषणा हुँदैछ। एकता घोषणा सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित दुवै पक्षका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित : 26 May, 2025

प्रतिक्रिया दिनुहोस्