भारतका दक्षिणी तीन राज्यमा भारी वर्षाको पूर्वानुमान, रेड अलर्ट जारी

सहयात्रा टिभी

काठमाडौं । जेठ १२, भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दक्षिण भारतका तीन राज्य – कर्नाटक, केरला र तमिलनाडुका लागि रेड अलर्ट जारी गरेको छ। यी राज्यहरूमा मे २६ मा भारी वर्षा हुने चेतावनी दिइएको छ।

यसैगरी, मौसम विभागले राजस्थानका लागि अत्यधिक गर्मीको लहर (लु) को चेतावनी जारी गरेको छ। त्यस्तै, बिहार, मध्य प्रदेश र महाराष्ट्रमा पनि तीव्र हावाहुरीसहित वर्षा हुने जनाइएको छ।

आईएमडीका अनुसार, आगामी दिनहरूमा दक्षिण-पश्चिम मनसुन मध्य अरब सागरका केही थप भाग, महाराष्ट्र, कर्नाटक, आन्ध्र प्रदेश, तमिलनाडु, बंगालको खाडी र पूर्वोत्तर राज्यहरूका केही थप भूभागमा अघि बढ्नका लागि अनुकूल परिस्थिति बनिरहेको छ।

प्रकाशित : 26 May, 2025

प्रतिक्रिया दिनुहोस्