अमेरिकी डलर र साउदी रियालको मूल्य घट्यो

काठमाडौं । जेठ २३, नेपाल राष्ट्र बैंकले आज (जेठ २३) का लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा कायम गरिएको छ।
यसैगरी, युरोपियन युरोको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा, र स्वीस फ्र्याङ्कको खरिददर १६७ रुपैयाँ १२ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा तोकिएको छ।
अन्य प्रमुख मुद्रातर्फ, अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, र सिङ्गापुर डलरको खरिददर १०६ रुपैयाँ ६२ पैसा तथा बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा छ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।
त्यस्तै, थाइ भाटको खरिददर ४ रुपैयाँ २१ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा तथा डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ९७ पैसा र बिक्रीदर २१ रुपैयाँ ०७ पैसा तोकिएको छ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४६ पैसा र बिक्रीदर १७ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८९ पैसा, र ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ७९ पैसा तथा बिक्रीदर ३५७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।
राष्ट्र बैंकले आवश्यक परेको खण्डमा विनिमयदरमा परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने उल्लेख गरिएको छ।