आज प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल र निजामती विधेयक पेस हुने कार्यसूची

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे बस्दैछ। पछिल्ला दिनहरूमा विपक्षी दलहरूको अवरोधका कारण प्रभावित हुँदै आएको बैठकका लागि आज दुईवटा महत्वपूर्ण कार्यसूची तय गरिएका छन्।

लामो समयदेखि नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको संसद्मा सरकारले महत्वपूर्ण प्रस्तावहरू पेस गर्ने तयारी गरेको हो।

आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)’ माथि छलफलका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ। यससँगै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पनि सदनमा पेस गर्नेछन् ।

यद्यपि, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै विपक्षी दलहरूले उनको राजीनामालाई प्रमुख माग बनाएका छन्। यही कारणले आजको बैठक पनि सहज रूपमा अघि बढ्छ वा विपक्षीको अवरोधको शिकार बन्छ भन्नेमा अनिश्चितता कायमै छ।

प्रकाशित : 8 June, 2025

प्रतिक्रिया दिनुहोस्