कांग्रेस र माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्ष विहीन

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूको छलफल निष्कर्षविहीन बनेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकमा माओवादीले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको लागि समर्थन मागेका थिए । कांग्रेसका नेताहरू भने माओवादीको आग्रहमा सहमत नभएको नेताहरू बताउँछन् ।

छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, उपमहासचिवद्वय वर्षमान पुन, शक्ति बस्नेत लगायत सहभागी थिए । कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता ज्ञानेन्द्र कार्की लगायत थिए ।

कांग्रेससँग छलफलमा बस्नुअघि माओवादीले विपक्षी दलहरूको बैठक राखेको थियो । त्यसअघि माओवादी अध्यक्ष प्रचण्डले शनिबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन ।

 

प्रकाशित : 8 June, 2025

प्रतिक्रिया दिनुहोस्