रास्वपाद्धारा सहमतिका लागि केही बुँदाहरू प्रस्ताव

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, भिजिट भिसा प्रकरणले प्रतिनिधि सभाको बैठक निरन्तर अवरोध हुँदै आएको छ।

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी दलहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आएका छन्।

सोमबार पनि विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित भएको छ।

दलहरूले सदनको गतिरोध अन्त्यका लागि पहल पनि गरिरहेका छन्। सभामुख देवराज घिमिरेले सहमतिका लागि नेताहरूले पहल गरिरहेकोले आधा घन्टाका लागि बैठक स्थगित गरेको बताएका थिए।

यसैबीच रास्वपाले नेपाली कांग्रेसलाई सहमतिका लागि केही बुँदाहरू प्रस्ताव गरेको छ।

 

प्रकाशित : 9 June, 2025

प्रतिक्रिया दिनुहोस्