आज नेप्से दोहोरो अंकले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । जेठ २६, लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३. १९ अङ्कले बढेर २ हजार ६ सय ५३. ०९ विन्दुमा पुगेको छ ।

आज होटल र जीवन बीमा समूहको शेयर सामान्य घट्दा अरू समूहको शेयर बढेको छ । आज अन्य र जलविद्युत् समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ३ सय २४ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ८ अर्ब ६८ करोड रुपैयाँमा किनबेच भएको छ ।

प्रकाशित : 9 June, 2025

प्रतिक्रिया दिनुहोस्