प्रसाईंसहितका ७ जना प्रतिवादी डिल्लीबजार कारागारमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रतिवादीलाई डिल्लीबजार कारागार पठाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले उनीहरू सबैलाई शुक्रबार डिल्लीबजार कारागार पठाइएको अनलाइनखबरलाई जानकारी दिए ।

एसएसपी अधिकारीका अनुसार प्रसाईंसहित कुमार तामाङ, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल र केशव बस्नेतलाई डिल्लीबजार कारागार पठाइएको हो ।

बिहीबार राति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहितका ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

 

 

 

प्रकाशित : 13 June, 2025

प्रतिक्रिया दिनुहोस्