देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी

सहयात्रा टिभी

काठमाडौं ।असार४, देशका पूर्वी तथा मध्य भूभागमा मनसुन सक्रिय रहँदा आज देशभरको मौसम बदली भई अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको प्रभाव छ भने देशका पश्चिमी भूभागमा पश्चिमी तथा स्थानीय वायुको असर देखिएको छ । साथै, भारतको पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावले मौसम थप सक्रिय बनेको हो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । यी चार प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ ।

यस्तै, आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा वर्षा जारी रहनेछ । रातिको समयमा विशेषगरी कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने दिनभर हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित : 18 June, 2025

प्रतिक्रिया दिनुहोस्