प्रधानमन्त्री देउवाले विरामीलाई अस्पतालको शैय्यामै पुगेर बांडे चेक, देउवा बाहिरिएलगत्तै खोसियो

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो समय कामचलाउ सरकारका प्रधानमन्त्री शेरबहादुर देउव सरकारले गरेका काम र निर्णय प्रति बाम गठबन्धनले आपत्ती जनाउदै आएको छ । यसै मेसोमा प्रधानमन्त्री शेरबहादुर देउवा निकै तामझामका साथ बीर हस्पिटलस्थित ट्रमा सेन्टर पुगेर उपचाररत धादिङ गंगाजमुना ४ का सुजन सिंखडालाई अस्पतालको शैय्यामै पुगेर पाँच हजार रुपैयाको चेक दिएका थिए । प्रधानमन्त्रीको हातबाट चेक पाएपछि सुजनको परिवार निकै आफूहरुलाइ सरकारले हेर्ने रहेछ भन्दै पिडित परिवार निकै खुसी देखिन्थे । तर त्यो खुसी क्षणभरमै विलाएर गयो । जव प्रधानमन्त्रीले दिएको चेक खोसियो । प्रधानमन्त्री देउवाले हस्तान्तरण गरेको चेक ट्रमा सेन्टरका प्रशासनले उनी जाँनेबित्तिकै खोसेर लग्यो ।

उपचारको लागि ऋणको भारीले थिचेका परिवारमा मासिक पाँच हजार पाउने आशा थियो । गाउँमा रुख काट्न जाँदा सुजन लडेर घाइते भएका थिए । रुखबाट खसेर उनको ढाड भाँचिएको थियो भने बाँया हात नचल्ने अवस्था पुगेको थियो । उपचारका लागि पुष ४ गते ट्रमा सेन्टर भर्ना भएका सुजनको स्पाइनलमा समस्या रहेका कारण उनी उठ्न समेत सकेका थिएनन् । श्रीमानको यस्तो अवस्थाका कारण श्रीमती सिता सिंखडा निकै पीडामा थिइन । श्रीमान्को उपचारमा मात्रै उनले साढे तीनलाख खर्च भइसकेको बताइन् । उनी गाउँमा खेतिपाति छाडेर श्रीमान्को स्याहानमा खटिरहेकी छिन् । कमजोर आर्थिक अवस्थाका कारण श्रीमानको उपचारमै ऋणको भारी बोकिरहेका उनलाई बिहीवार साँझ प्रधानमन्त्री देउवाले शैयामै आएर चेक बाँडेपछि मनमा आशा पलाएको थियो । प्रधानमन्त्रीका साथमा स्वास्थ्य मन्त्री दीपक बोहरा र अस्पताल प्रशासनका कर्मचारीहरु समेत थिए ।

तर प्रधानमन्त्रीको हातबाट चेक पाएको केहीबेरमै ट्रमा सेन्टरको प्रशासनका एक कर्मचारीले अर्को व्यक्तिको चेक परेको कारण साटेर ल्याउने भन्दै सितासँग चेक लिएर गए । सिताले पनि आफ्नो श्रीमानको नामको चेक अर्को व्यक्तिसँग परेको होला भनेर चुप लागिन् । तर त्यसो भएन । गल्तीले सुजनको हातमा प्रधानमन्त्रीले चेक बाँडेको भन्दै सुजनको नाममा चेक नरहेको श्रीमती सितालाई प्रशासनले जवाफ दियो । प्रशासनको यस्तो जवाफ सुनेर उनी निराश हुँदै फर्किन् । कम्मरमुनिको भाग नचल्ने अर्थात प्यारालाइसिस भएको स्पाइनलको बिरामीलाई मात्रै सरकारले रकम बाँडेको भन्दै प्रशासनले उनको श्रीमानलाई रकम दिन अस्वीकार गर्यो । प्रधानमन्त्री स्वयमको हातबाट चेक हस्तान्तरण गरेर सबै सञ्चारकर्मीले तस्वीर समेत लिइसकेको अवस्थामा प्रशासनले गल्ती भएको भन्दै दिइसकेको चेक फिर्ता लिँदा उनलाई अर्काे पीडा भएको छ । ‘यदि पैसा दिनु नै थिएन् भने प्रधानमन्त्री स्वयमको हातबाट चेक बाँडेर हामीलाई किन आश्वासन देखायो सरकारले ? उनको प्रश्न थियो ।

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्