काठमाण्डौमा दैनिक थप आठ करोड लिटर पानी ल्याएर वितरण गर्न शुरू

सहयात्रा टिभी

काठमाडौं । असार ४, सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाण्डौ ल्याएर वितरण गर्न शुरू भएको छ ।

काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी नियमित रूपमा आपूर्तिका लागि रिबर्मा खोलाबाट पानी ल्याएर वितरण गर्न शुरू भएको हो ।

काठमाण्डौमा बर्खाको समयमा पनि नियमित रूपमा मेलम्चीको पानी सञ्चालन गर्न रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्कीको सफल परीक्षण भइसकेको छ ।

परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङमार्ग हुँदै सोमवार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाण्डौ ल्याएर हिजोदेखि नियमित रूपमा वितरण शुरू गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवम् इन्जिनियर रत्नप्रसाद लामिछाने जानकारी दिनुभयो ।

मेलम्ची आयोजनाको हेडवक्र्स नबन्दासम्मका लागि अस्थायी रूपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाण्डौ ल्याई वितरण शुरू गरेको उहाँले बताउनुभयो ।

अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र बर्खाको बेलामा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर पानी र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी गरी कम्तीमा पनि दशदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाण्डौ ल्याउने गरी तयारी गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

 

प्रकाशित : 18 June, 2025

प्रतिक्रिया दिनुहोस्