महानगर प्रहरी प्रमुख पाण्डे कार्यालयमा हाजिर भए

सहयात्रा टिभी

काठमाडौं । असार ५, काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् ।

आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि पाण्डे बिहीबार कार्यालय समयमै हाजिर भएका हुन् ।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका हुन् ।

उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।

 

 

प्रकाशित : 19 June, 2025

प्रतिक्रिया दिनुहोस्