कप्तान बिपिनको ४ विकेट, सिंगापुर १३५ मै अलआउट

सहयात्रा टिभी

काठमाडौं । असार ८, सिंगापुरमा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै घरेलु टोली सिंगापुरलाई पहिलो इनिङमा १३५ रनमा अलआउट गरेको छ।

नेपाली टोलीका कप्तान बिपिनप्रसाद शर्माले घातक बलिङ गर्दै ४ विकेट लिएपछि सिंगापुर सामान्य स्कोरमा समेटिन पुग्यो। एक समय ६५ रनमा २ विकेट मात्र गुमाएर बलियो अवस्थामा रहेको सिंगापुरले त्यसपछि ७० रन जोड्दा आफ्ना बाँकी ८ विकेट गुमाएको थियो।

कप्तान शर्माले सिंगापुरको मध्यक्रम ध्वस्त पार्ने क्रममा ३४ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। उनलाई सचित भट्टले पनि उत्कृष्ट साथ दिए। सचितले ६.१ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। यस्तै, अभय यादव र शुभम खनालले एक-एक विकेट लिएर सिंगापुरलाई पूरै दबाबमा राखे।

त्यसअघि, सिंगापुरका लागि कप्तान रियान नाइकले सर्वाधिक ५३ रनको अर्धशतकीय पारी खेले भने ओपनर आहान भुथान्दमले ३२ बलमा ३८ रनको आक्रामक सुरुवात दिलाएका थिए। तर, अन्य ब्याट्सम्यान चल्न नसक्दा सिंगापुरले ठूलो स्कोर बनाउन सकेन।

 

प्रकाशित : 22 June, 2025

प्रतिक्रिया दिनुहोस्