कांग्रेस–एमालेका सांसद बोल्न थालेपछि रास्वपा सभाकक्षबाट बाहिरिए

काठमाडौं । असार ८, प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।
प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू कांग्रेस–एमालेका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् ।
शनिबार पनि रास्वपाले यस्तै गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन् ।
रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन् ।