बजेटको प्रस्तावको पक्षमा मतदान गर्न एमालेको ह्वीप जारी

काठमाडौं । असार ९, नेकपा एमालेले आउँदो आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ ।
प्रतिनिधिसभाको बैठकमा भोलि बजेट पारित गर्ने कार्यसूची छ । एमालेका मुख्य सचेतक महेश बर्तौलाले सबै सांसहरूलाई बैठकमा अनिवार्य उपस्थित भई बजेटको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको हो ।