बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक

काठमाडौं । असार १०, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, सत्ता पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको हो।
बैठकमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको उपस्थिति रहेको छ।
त्यसैगरी, बैठकमा नेकपा (एमाले) का उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सहभागी छन्।