काठमाडौंको बजेट भने आज नआउने

काठमाडौं । असार १०, काठमाडौं महानगरपालिकाको बजेट आज नआउने भएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था भए पनि काठमाडौंको बजेट भने आज नआउने भएको हो ।
बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको द्वन्द्व बढ्दै जाँदा यहाँको बजेट पनि अन्योलमा परेको हो ।
मेयर शाहको सचिवालयका एक सदस्यका अनुसार, बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको छ ।
‘आजका लागि बैठक बोलाइएको छैन । तर, कार्यपालिका र नगर सभा बोलाउनेगरी आन्तरिक छलफल भने भइरहेको छ,’ उक्त स्रोतले भन्यो ।
गत पुस १४ गतेयता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन । कार्यपालिका सदस्यहरूले लगातार बजेट माग गरिरहेका छन् ।