निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुट्यो

सहयात्रा टिभी

काठमाडौं । असार १३, निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो ।

सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको समितिका एक सदस्यले जानकारी दिए ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफलको क्रममा बिहीबार निजी विद्यालयको सञ्चालन र व्यवस्थापनको विषयमा समितिमा दुई धार देखिएको थियो ।

बिहीबारको समिति बैठकमा समितिमा कांग्रेस र एमालेका सांसदले निजी विद्यालयलाई कम्पनीमा रहन अथवा गुठीमा जान दुवै सुविधा दिनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित : 27 June, 2025

प्रतिक्रिया दिनुहोस्