सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित

काठमाडौं । असार १५, सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेश भएको छ । सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आइतबार बसेको सभाको बैठकले पारित गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ ।
विधेयक पारित हुनु अगाडि सभामा उठेका प्रश्नहरूमाथि जवाफ दिने क्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालको संविधान २०७२ अनुसार विधेयक आएको बताए ।
यो विधेयक ऐनमा रुपान्तरित भएसँगै प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताको विश्वास रहेको छ ।
मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि छलफलका लागि संसद्मा प्रस्तुत गर्नुभएको हो । प्रस्ताव स्वीकृत भएसँगै बैठकमा विधेयकमाथि छलफलसमेत शुरू भएको छ । छलफल सकेर विधेयक पारित गर्ने तयारी छ ।
विधेयकमाथिको छलफलकै क्रममा सांसद प्रभु साहले विधेयक च्यात्नुभएको छ । उहाँले निजामती विधेयकलाई गरिबमारा संज्ञा दिँदै संसद्को रोस्ट्रममै च्यात्नुभएको हो ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरेर बाहिर निस्किएको छ ।
भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले पूर्वमुख्यसचिव शङ्करदास बैरागी नेतृत्वको उच्चस्तरीय समिति बनाएको छ । तर रास्वपा र राप्रपाले त्यो समिति नमान्ने भन्दै अवरोध गर्दै आएका छन् ।