निजामती विधेयकमा किर्ते भएको भन्दै सांसद चन्द्र भण्डारीले पोखे आक्रोश : यो अक्षम्य अपराध हो

सहयात्रा टिभी

काठमाडौं । असार १७, निजामती विधेयकमा सांसदहरूलाई नै झुक्याएर वरिष्ठ प्रशासकहरूको स्वार्थ अनुकूल हुने गरी प्रावधान घुसाइएको खुलासा भएपछि विवाद चर्किएको छ। विशेषगरी, दुई वर्षे ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थाको भाषामा हेरफेर गरिएको पाइएपछि सांसदहरूले यसप्रति कडा आपत्ति जनाएका छन्।

यसैबीच, नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले यस घटनाप्रति गहिरो चिन्ता र संशय व्यक्त गरेका छन्। उनले सांसदहरूलाई नै छलेर विधेयकमा किर्ते गरिनुले मुलुक सीमित व्यक्तिहरूको स्वार्थमा कति ठगिएको होला भन्ने गम्भीर प्रश्न उठेको बताएका छन्।

सांसद भण्डारीले सामाजिक सञ्जालमा लेख्दै यसलाई ‘अक्षम्य र ठूलो अपराध’ को संज्ञा दिएका छन् र यसको छानबिन गरी दोषीलाई ऐतिहासिक कारबाही गर्न माग गरेका छन्। उनले घटनामा संलग्न र दायित्वमा रहेका सबै पक्षको परीक्षण हुनुपर्नेमा जोड दिँदै यसलाई राष्ट्रकै लागि ‘ठूलो लज्जा’ को विषय भनेका छन्।

प्रकाशित : 1 July, 2025

प्रतिक्रिया दिनुहोस्