रसुवामा बच्चासहित एउटा चरी बाघ फेला

काठमाडौं । असार १८, रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित एउटा चरी बाघ फेला परेको छ ।
बस्ती नजिकै ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि दुई बच्चासहित दुर्लभ चरी बाघ भेटिएको जानकारी प्राप्त भएको छ ।
बस्तीबाट नजिकै एउटा ढुंगाभित्र प्वाल देखेर बसेको र नेपाली सेनाको कालिकास्थानमा रहेको श्रीनाथ गणको पोष्टबाट समेत टोली खटिएर चार दिनसम्म निगरानीमा राखेको जानकारी प्राप्त भएको छ ।
यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समेत खबर गरिएको थियो ।
नेपालमा मध्यम पहाडी क्षेत्र र तराईमा भेटिने गर्छ । नेपालका संरक्षित क्षेत्रहरुमध्ये खप्तड, शुक्लाफाँटा, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु बरुण, शिवपुरी र चितवन राष्ट्रिय निकुञ्जमा यो बाघ देखिएको छ ।