भारतले आफ्नो गणतन्त्र दिवसका अवसरमा नेपाललाई दियो ३० एम्बुलेन्स उपहार (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । भारतले आज आफ्नो ३९ औ गणतन्त्र दिवस दिवस मनाईरहेको छ । यस अवसरमा भारतले नेपालका सामाजिक संघसंस्था र अस्पताललाई बस तथा एम्बुलेस प्रदान गरेको छ । ३९ औ गणतन्त्र दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले सामाजिक संस्था र अस्पताललाई ६ बस र ३० एम्बुलेन्स तथा शैक्षिक सामग्री प्रदान गरेका हुन् ।

दुतावासमा शुक्रवार आयोजित कार्यक्रममा राजदूत पुरीले नेपालका डा. सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने निर्णय भएको जानकारी गराएका थिए । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति रहेको थियो ।

तस्विरमा भारतको गणतन्त्र दिवस :

प्रकाशित : 27 January, 2018

प्रतिक्रिया दिनुहोस्