रविको पक्षमा हस्ताक्षर गरेको भन्दै ट्राफिक सईको जिम्मेवारी खोसियो

सहयात्रा टिभी

काठमाडौं । असार २०, भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीभा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझन् खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा नागरिकस्तरबाट भन्दै रास्वपाले हस्ताक्षर अभियान चलाएको छ ।

राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।

 

 

प्रकाशित : 4 July, 2025

प्रतिक्रिया दिनुहोस्