त्रिशूली नदीमा आएको बाढीबाट जोगिन र सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

सहयात्रा टिभी

काठमाडौं । असार २४, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशुली नदीमा आएको बाढीबाट जोगिन आसापासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले जल तथा मौसम विज्ञान विभागको सूचनालाई ध्यान दिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्। प्रधानमन्त्री ओलीले विपत व्यवस्थापन कार्यालयले दिएका सम्पर्क नम्बरहरु, सुरक्षा निकाय तथा सुरक्षाकर्मीको सम्पर्कमा रहन सबैलाई अनुरोध पनि गरेका छन्। प्रधानमन्त्रीले भनेका छन्, ‘सुरक्षित होउँ,अरुलाई पनि सुरक्षित राखौं।’

गएराती आएको बाढीले रसुवामा ठूलो क्षति गरेको छ। केही मानिस बाढीमा बगेको अनुमान गरिएको छ। बाढीमा फसेकाको उद्धारका लागि सरकारले हेलिकप्टर परिचालन गरेको छ।

प्रकाशित : 8 July, 2025

प्रतिक्रिया दिनुहोस्