आज ओवादीसहित १२ दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै

सहयात्रा टिभी

काठमाडौं । असार २७, नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ ।

इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका बामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद बाहिर रहेका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।

 

प्रकाशित : 11 July, 2025

प्रतिक्रिया दिनुहोस्