साउनको पहिलो दिन पशुपतिमा बिहानैदेखि भीड

काठमाडौं । साउन १, श्रावण महिनाको पहिलो दिन श्रावण सङ्क्रान्तिको अवसरमा काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो उपस्थिति छ।
भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्न पुग्छन्। श्रावणको सुरुवातसँगै मन्दिर परिसर श्रद्धालुहरूको भीडले भरिएको छ।