बामदेव गौतमको अभियान एकीकृत समाजवादीमा समाहित हुँदै

सहयात्रा टिभी

काठमाडौं । साउन २, बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान नेकपा एकीकृत समाजवादीमा शुक्रबार समाहित हुँदै छ । राष्ट्रिय सभागृहमा एक कार्यक्रमको आयोजना गरी गौतम नेतृत्वको अभियान एकीकृत समाजवादीमा समाहित हुन लागेको हो ।


कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले सम्बोधन गर्नेछन् । यसअघि नै शुक्रबार समाहित हुने भनेर एकीकृत समाजवादीका अध्यक्ष नेपाल र अभियानका संयोजक गौतमबीच हस्ताक्षर भइ नै सकेको छ । जसअनुसार आज औपचारिक कार्यक्रम गर्न लागिएको हो ।

प्रकाशित : 18 July, 2025

प्रतिक्रिया दिनुहोस्