आज साउनको पहिलो सोमबार, पशुपतिमा दर्शनार्थीको घुइँचो

सहयात्रा टिभी

काठमाडौं । साउन ५, आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरिका शिवालयहरुमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।


श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । आजको दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिंगमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्। विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।

शास्त्रअनुसार साउन महिनामा शिवको आराधनाले पाप नाश, मनोकामना पूर्ति र मानसिक शुद्धि प्राप्त हुने विश्वास गरिन्छ। शिव पुराणमा वर्णित अनुसार यही महिनामा भगवान् शिवले समुद्र मन्थनबाट निस्किएको विष पान गरेर संसारको रक्षा गरेका थिए।

प्रकाशित : 21 July, 2025

प्रतिक्रिया दिनुहोस्