भैरहवामा रास्वपा संसदीय दलको बैठक जारी

काठमाडौं । साउन १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा जारी छ ।
सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेलाई बिहान भेटेपछि रास्वपा नेताहरु दलको बैठकमा बसेका हुन् ।
संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ । बैठकका लागि रास्वपा नेता र सांसदहरु मंगलबार नै भैरहवा पुगेका थिए ।
संसदीय दलको बैठक गौतमबुद्ध विमानस्थल अगाडि रहेको होटेल रमादामा जारी छ । परियारका अनुसार पार्टीका नेता र सांसदहरु आज–भोलि दुई दिन भैरहवा एवं रुपन्देही क्षेत्र नं ३ मा रहनेछन् ।
संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने छन् । रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।
बैठकमा पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनको उम्मेदवारबारे भने छलफल नहुने परियारले बताए । पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेकाले आवेदन दिने म्याद पूरा भइसकेपछि मात्रै उम्मेदवारबारे छलफल हुने उनको भनाइ छ ।