सशस्त्र प्रहरीमा एसएसपीदेखि डीएसपीसम्म ७७ अधिकृतको बढुवा सिफारिस

सहयात्रा टिभी

काठमाडौं । साउन २०, सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको बढुवा समितिले विभिन्न पदमा रिक्त रहेका ७७ अधिकृतलाई बढुवाका लागि सिफारिस गरेको छ। सोमबार बसेको समितिको बैठकले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि नायव उपरीक्षक (डीएसपी) सम्मका पदहरूमा बढुवाका लागि निर्णय गरेको हो।

समितिको सिफारिसअनुसार, ६ जना सशस्त्र प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न प्रस्ताव गरिएको छ। त्यसैगरी, २२ जनालाई उपरीक्षक (एसपी) र ४८ जनालाई नायव उपरीक्षक (डीएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको हो। प्राविधिकतर्फ एक जनालाई उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ।

वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस हुनेहरूमा ध्रुवबहादुर कार्की, जनक पुरी, यादव विश्वकर्मा, टोपबहादुर खनाल, अशोककुमार बम र वीरेन्द्रबहादुर ऐर रहेका छन्।

त्यस्तै, उपरीक्षक (एसपी) पदमा साधारणतर्फ बढुवाका लागि नरदीपकुमार बस्नेत, रामकृष्ण महर्जन, श्याम रावत, वसन्तबहादुर सिंह, श्यामकुमार कार्की, गेहेन्द्रबहादुर भण्डारी, लक्ष्मण थापा मगर, भीमबहादुर विष्ट, नवराज बोहरा, सुरेश गैरे, कृष्णबहादुर विष्ट, अम्विकाप्रसाद जोशी, अमरबहादुर खत्री, विशाल सिल्वाल, बासुदेव महत, भीमबहादुर चन्द, श्रीराम कुँवर, श्याममणि ढकाल, गोविन्दबहादुर खाती, यदुकुमार कार्की, देवबहादुर बोहरा र दिनेशकुमार बस्नेतको नाम सिफारिस भएको छ। प्राविधिकतर्फ भने इन्जिनियर मनोज बखुन्छे श्रेष्ठको नाम सिफारिस गरिएको छ।

प्रकाशित : 5 August, 2025

प्रतिक्रिया दिनुहोस्