२०८२ साल साउन २३ गते शुक्रबारको राशिफल

काठमाडौं । साउन २३, आज २०८२ साल साउन २३ गते शुक्रबार। साउन शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ अगष्ट ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।
वृष : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। बन्धुसँग विवाद बढ्नेछ। शिक्षामा लगानीको हिम्मत गर्नुपर्ने दिन छ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। संकटमा परिवारको साथ मिल्नेछ।
मिथुन : दिन सामान्य छ। शब्दको जालमा फस्ने जोखिम छ। आम्दानीको स्रोत व्यवस्थापनमा समस्या हुनसक्छ। थारै बोलेर धेरै काम गर्नुपर्ने आवश्यकता देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने छ।
कर्कट : दिन राम्रो छ। जग्गाको कारोबारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा उच्च तहका व्यक्तिको साथ मिल्नेछ। परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। पश्चिमको यात्रा नगर्नु उचित हुन्छ।
सिंह : सञ्चित धन खर्च हुनेछ। जागिरले तनाव दिने दिन छ। शनिको प्रभावले सानो कुरामा विवाद बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।
कन्या : दिन राम्रो छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा जोस र जाँगर बढ्नेछ। विपक्षी शान्त रहेकाले तपाईंको काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
तुला : दिन राम्रो छ। तपाईंले गरेको संघर्षबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। श्रम शोषण गर्नेसँग सचेत बन्नु उचित हुन्छ। परिवारको साथ मिल्नेछ।
वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले मनमा उत्साह थपिने छ। व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीले प्रशंसा गर्नेछन्। शिक्षामा गरेको लगानीको उचित मूल्य प्राप्त हुनेछ।
धनु : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। शुभग्रहको बहुमत भएकाले व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। राजनीतिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले कम बोल्नु उचित हुन्छ।
कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्राले सम्पत्ति र समय खर्च हुनेछ। शिक्षामा लगानी नगर्नु उचित हुन्छ। शनिको अवस्था हेरेर मात्र दैनिक काम गर्नु उचित हुन्छ।
मीन : दिन राम्रो छ। शुभ ग्रहको बल भएकाले बौद्धिक व्यक्तिको साथ र सहयोग मिल्नेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।