प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

सहयात्रा टिभी

काठमाडौं । साउन २३, तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन् ।

उनी भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान ८ : ३० बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरे । प्रधानमन्त्री ओली दुबई हुँदै आज राति ११ : ५ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।

 

प्रकाशित : 8 August, 2025

प्रतिक्रिया दिनुहोस्