शीतल निवासमा जनैपूर्णिमा, राष्ट्रपति दम्पतीद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौं । साउन २४, राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूहरूको पवित्र पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा वैदिक विधिअनुसार रक्षाबन्धन ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पण्डित अर्जुन न्यौपानेको हातबाट शुभ साइतमा जनै फेर्नुका साथै रक्षाबन्धन बाधेका हुन् ।
राष्ट्रपतिको सचिवालयका अनुसार, सो अवसरमा राष्ट्रपति पौडेलका परिवारका सदस्य तथा आफन्तजनको पनि उपस्थिति रहेको थियो र उनीहरूले समेत रक्षाबन्धन ग्रहण गरेका छन् ।