भारतले भन्यो- ‘लिपुलेक पासमाथि नेपालको दाबी स्वीकार्य छैन’

सहयात्रा टिभी

काठमाडौं । भदौ ५, भारतले लिपुलेक पासमाथि नेपालको दाबी औचित्यपूर्ण नरहेको भन्दै खारेज गरेको छ ।


भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र चीनकोबीचमा सन् १९५४ देखि नै लिपुलेकमार्ग हुँदै व्यापार हुने गरेको दाबी गरेका छन् । कोभिडका कारण केही वर्ष रोकिएको भएपनि अहिले पुनः सुरु गर्ने सहमति मात्रै भएको उनको दाबी छ ।

उनले नेपालले गरेको भौगोलिक दाबीलाई भारतले अस्वीकार गर्ने बताउँदै भने, ‘यस्ता दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। एकतर्फी रूपमा दाबी विस्तार गर्नु स्वीकार्य छैन।’भारतले बाँकी सीमाका समस्याका विषयमा नेपालसँग संवाद र कूटनीतिक माध्यमबाट कुरा गर्न तयार रहेको स्पष्ट पारेको छ ।

प्रकाशित : 21 August, 2025

प्रतिक्रिया दिनुहोस्