सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सहयात्रा टिभी

काठमाडौं । भदौ १८,   सिन्धुपाल्चोकको तालामाराङ केन्द्रविन्दु भएर मंगलबार मध्यराति भूकम्प गएको छ ।

राति ११ बजेर २३ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन ।

मंगलबार नै दोलखा र गोरखामा पनि भूकम्प गएको थियो । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर दिउँसो ३ बजेर १३ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसैगरी मंगलबार बिहान ६ बजेर १५ मिनेटमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियोे ।

 

प्रकाशित : 3 September, 2025

प्रतिक्रिया दिनुहोस्