जेनजी आन्दोलनले आज हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल स्थगित

काठमाडौं । भदौ २४ , नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ।
देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बंगलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। खेल दशरथ रङ्गशालामा मंगलबार साँझ ५:३० बजे हुने तालिका थियो। नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो।